एमालेको विधान महाधिवेशन आज सकिँदै

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ । महाधिवेशनमा उठेका जिज्ञासाको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने र विभिन्न प्रतिवेदनहरु पारित गर्दै समापन हुने नेकपा एमालेले जनाएको छ ।
एमालेको विधान महाधिवेशन गत शुक्रबारदेखि सुरु भएको थियो । त्यहाँ प्रस्तुत प्रतिवेदनमाथि १० समूह बनाएर छलफल गरिएको थियो ।
शनिबार छलफल सकिएको र आज बिहान ८ बजेदेखि सुरु बन्दसत्रमा छलफलको निष्कर्ष सुनाउने क्रम जारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । त्यसक्रममा उठेका जिज्ञासा र प्रश्नको जवाफ अध्यक्ष ओलीले दिने कार्यसुची छ ।
त्यसपछि समसामयिक प्रस्ताव पारित गरिने छ । आज नै केन्द्रीय निर्वाचन आयोगको निर्वाचन समेत हुनेछ । त्यसपछि महाधिवेशन समापन हुने एमाले प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।
दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्न सचिव योगेश भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको छ ।
समितिले मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा जनजीविकाको चासोबारे महाधिवेशनको धारणा तय गर्ने छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE