बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

‘विद्रोह जेन-जीको तर सरकार जेन-एक्सको’ भएको भन्दै विप्लवको विरोध

  • 38
  •  
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares

काठमाडौं । विप्लव नेतृत्वको नेकपाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारको बनोटप्रति विरोध जनाएको छ ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले भिडियो सन्देश जारी गर्दै ‘विद्रोह जेन–जीको तर सरकार जेन–एक्सको’ भएको भन्दै विरोध जनाएका हुन् ।

उनले आफ्नो पार्टी सरकारको बनोटप्रति विरोध दर्ज गर्दै गम्भीरतापूर्वक नियाल्ने निष्कर्षमा पुगेको बताए ।

विप्लवले आन्दोलनरत शक्ति, नागरिक समाज, संघर्षरत राजनीतिक शक्ति सम्मिलित सर्वपक्षीय अन्तरिम सरकार बन्नुपर्छ भन्ने सुझाव पुगे पनि यसलाई जानाजान बेवास्ता गरिएको बताए ।

त्यसैले राजनीतिक दल र जनताले यसलाई नस्वीकार्ने उनले जिकिर गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x