नेपाल एएरलाइन्सले आगामी बिहिबारदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले आगामी बिहिबारदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । नेपाल एयरलाइन्सले पहिलोपटक काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं उडान सेवा सुरु गर्ने भएको हो ।
निगमले ग्वाञ्जाओ उडानका लागि अनुमति पाइसकेको र उक्त प्रयोजनका निम्ति निगमले सबै प्राविधिक तयारी पूरा गरिसकेको जनाएको छ ।
निगमले हरेक हप्ता तीनवटा नियमित उडान भर्ने तालिका तय गरेको छ । पहिलो उडान असोज ९ गते, दोस्रो असोज १२ गते तथा त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते उडान भर्ने तय भएको छ । त्यसपश्चात प्रत्येक आइतबार, मङ्गलबार र शनिबार ग्वाञ्जाओतर्फ सिधा उडान हुनेछ ।
काठमाडौंबाट ग्वाञ्जाओसम्मको एकतर्फी भाडादर ३० हजार र दोहोरो टिकट ५० हजार तोकिएको निगमले जनाएको छ ।निगमले निकट भविष्यमै काठमाडौंबाट दक्षिण कोरिया र अष्ट्रेलियातर्फ पनि सिधा उडान सुरु गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE