ओली र लेखकसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने सरकारको निर्णय
काठमाडौं । अन्तरिम सरकारले निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ । जेन–जी आन्दोलन दमनवारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा उनीहरूलाई विदेश जान रोक लगाएको हो ।
गृह मन्त्रालयले उनीहरुलाई अनुमतीविना काठमाडौं उपत्यका बाहिर जान पनि रोक लगाएको छ ।
पासपोर्ट रोक्काको सूचीमा पर्नेहरुमा पूर्वप्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाल छन् ।
गत २३ भदौको जेन–जी आन्दोलनमा प्रहरीले घातक हतियारहरु प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो । प्रधानमन्त्री ओलीले आफूले प्रहरीलाई गोली चलाउन निर्देशन नदिएको दाबी गरेका थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE