सोमवार, कार्तिक ११, २०८२
Monday, October 27, 2025

रातो पासपोर्ट बुझाउन आफ्ना निवर्तमान सांसदहरूलाई रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका निवर्तमान सांसदहरूलाई यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ । पार्टीका प्रवक्ता मनिष झाले विज्ञप्ति निकालेर यस्तो निर्देशन दिएका हुन्।

यसअघिको प्रतिनिधि सभामा रास्वपाका २१ जना सांसद थिए । यस्तै विज्ञप्तिमा सबै तहका नेताहरूले चाडपर्वका बेला शुभकामना पत्रहरूबाहेक कुनै किसिमको उपहार स्वीकार नगर्न पनि भनिएको छ ।

जेनजीको अगुवाइमा भएको आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएकोले राष्ट्रिय शोकको अवस्था रहेको पनि रास्वपाले बताएको छ । यसैले यसपटक पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्ने राश्वपाले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x