३० आश्विन २०८३, शुक्रबार

निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छ ः प्रधानमन्त्री कार्की

0
Shares


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

बडा दसैंका अवसरमा सोमबार जारी गरेको शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको तथा यसले सरकारले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गराउने प्रतिबद्धता जनाउनु भएको हो । साथै उहाँले देशमा सुशासन कायम गर्न आफू कटिबद्ध रहेको बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू र यो पर्व मनाउने संसारभर छरिएर रहेका नेपाली भाषीहरूमा सुखशान्तिको कामना गरेकि छन् ।

यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री कार्कीले यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम नरहेको जनाएको छ ।