शनिबार, अशोज १८, २०८२
Saturday, October 4, 2025

अध्यक्ष ओली र नेता बस्नेतमाथि प्रतिशोध भए सैह्य नहुने युवा संघको चेतावनी

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले वर्तमान सरकारलाई प्रतिशोधपूर्ण व्यवहार नगर्न सचेत गराएको छ । युवा संघका अध्यक्ष क्षितिज थेवेले प्रेस विज्ञप्ति निकालेर एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि प्रतिशोध भए सैह्य नहुने चेतावनी दिएका हुन् ।

प्रेस विज्ञप्तिमा राष्ट्रिय युवा संघ नेपाल आफ्नो स्थापनाकाल देखि नै निरन्तर लोकतन्त्र, बहुदलीय व्यवस्था र जनहितको पक्षमा दृढतापूर्वक पहरेदारी गर्दै आएको उल्लेख छ ।

आफूहरू प्रत्येक नागरिकको पूर्वाग्रह र प्रतिशोधरहित जीवनयापन र राजनीतिक क्रियाकलाप गर्न पाउने संविधान प्रदत्त मौलिक अधिकारको रक्षाका निमित्त लड्दै आएको युवा संघको जिकिर छ ।

यो सन्दर्भ उल्लेख गर्दै युवा संघले पूर्वप्रधानमन्त्री ओली लगायतको राहदानी रोक्का गर्ने निर्णयप्रति गम्भीर चासो र आपत्ति प्रकट गरेको छ । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाचबुझ आयोगले विना कुनै आधार र प्रमाण जाँचबुझको प्रारम्भिक चरणमै विशुद्ध शंका र पूर्वाग्रहका आधारमा राहदानी रोक्काको निर्णय गरेको युवा संघको ठहर छ ।

आफ्नो सम्पूर्ण जीवन नै नेपाली र नेपालका निमित्त समर्पण गरेका, आफ्नो सबै सम्पति राज्यलाई सुम्पिसकेका र जस्तोसुकै परिस्थितिमा पनि मुलुक छोडेर नजाने घोषणा गरेका पूर्व प्रधानमन्त्री जस्तो व्यक्तित्वलाई अत्यन्तै हलुका ढंगले राहदानी रोक्का जस्तो निर्णय गरेर प्रतिशोध साग्ने अराजनीतिक कार्य भएको युवा संघको निष्कर्ष छ ।

यसका साथै सरकारले युवा संघका पूर्व ईन्चार्ज, एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि समेत प्रतिशोधपूर्ण ढंगले मुद्धा चलाउने समाचार आएको विज्ञप्तिमा उल्लेख छ । यी विवरण राख्दै युवा संघले केपी ओली र महेश बस्नेतमाथि प्रतिशोध भए सैह्य नहुने चेतावनी दिएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x