सार्वजनिक सेवा सुचारू गर्न गृह मन्त्रालयको निर्देशन
काठमाडौं। गृह मन्त्रालयले विपद् जोखिम र प्रतिकार्य कार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरुलाई सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।
मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट आइतबार जारी पत्रबाट सो निर्देशन दिइएको हो ।
पत्रमा ‘विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूले सार्वजनिक सेवा सुचारू गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ भन्ने उल्लेख गरिएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE