३० आश्विन २०८३, शुक्रबार

जेनजी आन्दोलनपछि पहिलोपटक कांग्रेस पदाधिकारी बैठक बस्दै

0
Shares


काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।

बैठक ललितपुरको होटेल हिमालयमा दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकले असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डा तय गर्नेछ ।

पार्टी सभापति शेरबहादुर देउवाले असोज २६ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलोपटक कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो ।