सरकारले तोकिएकै समयमा निर्वाचन गराउनेमा माओवादी नेता सापकोटाको शंका
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता माधव सापकोटाले तोकिएकै समयमा सरकारले निर्वाचन गराउनेमा शंका व्यक्त गरेका छन् ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उनले सरकारले निर्वाचनको लागि वातावरण नबनाएको बताए । उनले सरकारले राजनीतिक दलहरुसँग संवाद गरेर निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिए । तर, हालसम्म सरकारले राजनीतिक दलहरुसँग औपचारिक तथा अनौपचारिक कुनै प्रकारका संवाद नगरेको उनले बताए ।
नेता सापकोटाले दलहरुले निर्वाचनलाई स्वीकार गरेर निर्वाचनमा जाने वातावरण नबनेसम्म सरकारको प्राविधिक तयारीले मात्रै निर्वाचनको माहोल नबन्ने बताए । लोकतन्त्रको हिस्सेदार राजनीतिक दल नै भएकोले सरकारले राजनितिक दललाई बाहिर राखेर निर्वाचन गर्न नसक्ने उनले बताए ।
उनले भने, ‘अब निर्वाचनमा जान ढिला नगरौँ । निर्वाचनमा भाग लिने फ्रेस म्याण्डेड लिएर अगाडी जानुपर्छ भन्ने हामीले भनेका छौँ । निर्वाचनको वातावरण बनाउनपर्छ । तर अहिलेसम्म सरकारका तर्फबाट पुराना राजनितिक दलहरु या मूलधारमा भएका राजनीतिक दलहरुसँग औपचारिक, अनौपचारिक संवाद समेत गरेको छैन । किनभने दलहरुले स्वीकारेर निर्वाचनको वातावरण नबनाउँदा प्राविधिक तयारीले मात्रै निर्वाचनको माहोल बन्दैन । त्यसैले लोकतन्त्रको हिस्सेदारहरु भनेको दलहरु हुन् । कुन दल कति सिटमा आउँला ? को सानो ठूलो होला दोस्रो कुरा हो ।’
उनले दलहरुमार्फत नै जनताले आफ्ना अभिमत र प्रतिनिधि छान्ने प्रक्रिया रहेकाले दलहरुसँग छलफल गरेर निर्वाचनको वातारण बनाउन सरकारलाई आग्रह गरे ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE