आइतवार, कार्तिक १०, २०८२
Sunday, October 26, 2025

काँग्रेस पदाधिकारी बैठक आजपनि बस्दै

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक आज पनि बस्दैछ । नेताहरू बोल्ने क्रम नसकिएपछि आज पनि बैठक जारी हुने भएको हो ।

बिहीबारदेखि पार्टी कार्यालय सानेपामा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरू समेत सहभागी भएपछि नेताहरू बोल्ने क्रम नसकिएकोले फेरि आजका लागि बैठक बोलाइएको हो ।

मुलुकमा विद्यमान राजनीतिक जटिलतामा पार्टी र मुलुकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल केन्द्रित रहेको नेताहरुले बताएका छन् ।आगामी २६ गते बस्ने पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समान धारणा बनाएर जाने भन्दै सोही पेरिफेरीमा छलफल भइरहेको छ ।

आजको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । पार्टीको महाधिवेश निर्धारित समयमा गर्ने कि अर्ली अधिवेशन गर्ने भन्नेबारे पनि कांग्रेस नेताहरूबीच मतभेद देखिएको छ । बैठकमा यसबारे पनि समान धारणा बनाउने प्रयास भइरहेको नेताहरुले बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x