शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

टी–२० विश्वकप छनोटको सुपर सिक्स समीकरण पूरा

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स समीकरण पूरा भएको छ । शुक्रबार राति समूह चरणको अन्तिम खेलमा ओमानले पीएनजीलाई हराएसँगै सुपर सिक्समा पुग्ने सबै टोलीको टुंगो लागेको हो ।

समूह चरणबाट आयोजक ओमानसँगै नेपाल र यूएई अपराजित रहँदै अघि बढेका छन् भने सामोआ, जापान र कतार एक जितका साथ अगाडि बढेका छन् । समूह १ मा शीर्षस्थानमा रहेको यूएई २ अंकका साथ सुपर सिक्समा प्रवेश गर्दा नेपाल समूह २ को विजेताका रूपमा २ अंक लिएर सुपर सिक्समा पुगेको छ ।

समूह ३ बाट ओमान विजेताका रूपमा ३ अंक लिएर अघि बढेको छ । समूह चरणमा खेलिसकेका टोलीहरू अब एकआपसमा खेल्नु पर्ने छैन । समूह चरणमा आफुले पराजित गरेको टोली पनि अगाडि बढे उक्त जितको २ अंक सुपर सिक्समा जोडिने प्रावधान छ ।

नेट रनरेटका आधारमा ओमान पहिलो, नेपाल दोस्रो र यूएई तेस्रो स्थानमा छन् । कतार चौथो, जापान पाँचौं र सामोआ छैटौंमा छन् । नेपालले सुपर सिक्सको पहिलो खेलमै चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग खेल्ने पक्का भइसकेको छ ।

नेपाल र यूएईबीचको खेल आइतबार अपराह्न सवा ४ बजे सुरु हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x