शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक असोज २८ गते बस्ने

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रिय समितिको पूर्ण बैठकको मिति सारेर २८ गतेबाट बस्ने निर्णय गरेको छ ।

शनिवार बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो । केन्द्रिय समितिको बैठक यसअघि असोज २६ गतेबाट बोलाइएको थियो । त्यस्तै, बैठकमा अधिवेशन विधि, प्रक्रियासम्मत गर्नेबारे पनि छलफल भएको छ ।

बैठकमा प्रतिनिधि सभाको निर्वाचन र संसद पुनःस्थापनाको विषयमा छलफल भएको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनले केन्द्रिय समितिमा छलफल गरेर निष्कर्ष निकाल्ने बताए ।

कार्य सम्पादन समितिको बैठक आईतवार पनि बस्ने र केन्द्रिय समितिको एजेण्डाबारे छलफल गर्ने उनले बताए । प्रवक्ता महतले निर्वाचनमा जाने कुरा पनि राजनीतिक दृष्टिकोणबाट जायज रहेको बताउँदै सरकारले गम्भीरतापूर्वक काम नगरेको आरोप लगाए ।

उनले गत भदौ २३ र २४ गतेको घटनाबारे गहिराईमा गएर छलफल गरेको जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x