शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

एमालेको सचिवालय बैठक आजपनि बस्दै

  • 53
  •  
  •  
  •  
  •  
  •  
  •  
    53
    Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्न लागेको हो ।

शुक्रबार सुरु भएको सचिवालय बैठक शनिबार पनि बस्ने भनिएकोमा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण स्थगित गरी आजको लागि सारिएको थियो ।

शुक्रबारको बैठकमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको समीक्षा, पार्टीको महाधिवेशनलगायत विषयमा छलफल भएको थियो ।

उक्त बैठकमा सचिवालयका अधिकांस सदस्यले अध्यक्ष ओलीले राजीनामा दिएर मार्ग प्रसस्त गर्न आग्रह गरेका थिए । तर, ओली भने आफुले सक्दा सम्म नेतृत्व नछाड्ने मनस्थितीमा छन् ।

यस अघिको बैठकमा सचिवालय सदस्यहरूले बोल्ने क्रम आज पनि जारी रहने एमाले केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x