स्वास्थ्य सेवा विभागको औषधी खरिदमा सिन्डिकेट भएको भन्दै प्रक्रिया रद्द गर्न उजुरी

काठमाडौं । स्वास्थ्य सेवा विभागले खरिद गर्न लागेको गर्भवति महिलालले खाने ‘आइरन फोलिक एसिड ट्याबलेट’ नामक औषधीकोखरिद प्रस्तावमा सिन्डिकेट भएको भन्दै खरिद प्रक्रिया रद्ध गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी परेको छ ।
उक्त औषधीहरु उत्पादन गर्ने ‘जीएमपी’ प्राप्त कम्पनीहरु क्युरेक्स फर्मासिटिकल्स, नोभा जेनेटीका र टौरस फर्मा लगायका कम्पनीहरुले आवश्यक कागजातहरुमा रोक लगाएको बजारमा सिन्डिकेट कायम गरी अस्वस्थ प्रतिस्पर्धा र अनैतिक दबाब सिर्जना गरेको आरोप लगाउँदै खरिद प्रक्रिया रद्ध गर्न उजुरी परेको हो ।
यसले खरिद प्रक्रियाको पारदर्शिता, निष्पक्षता र विश्वसनीयता माथि गम्भीर प्रश्न उठाएको उजुरीमा उल्लेख छ । स्वास्थ्य सेवा विभागजस्तो संवेदनशील र जनस्वास्थ्यसँग सम्बन्धित निकायमा हुने खरिद प्रक्रिया सफा प्रतिस्पर्धा, सुशासन र जवाफदेहिताका मापदण्डमा आधारित हुनुपर्ने भन्दै यस्तो वातावरणमा बोलपत्र कार्यान्वयन गर्नु विभागको विश्वसनीयता र जनविश्वास दुवैमा नकारात्मक प्रभाव पार्र्न भन्दै खरिद प्रक्रिया रोक्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी परेको हो ।
निष्पक्ष, पारदर्शी र भ्रष्टाचारमुक्त खरिद प्रणाली सुनिश्चित गर्न, उक्त बोलपत्र रद्द गरी नयाँ र निष्पक्ष बोलपत्र प्रक्रिया पुनः प्रारम्भ गर्न माग गरीएको छ । स्वास्थ्य सेवा विभागले गएको साउन ३० मा उक्त औषधी खरिदको लागि बोलपत्र आह्वान गरेको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE