कांग्रेस केन्द्रीय समितिको बैठक आज, जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै देउवा
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।
आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । बैठकमा सभापति शेरबहादुर देउवा पनि सहभागी हुने बताइएको छ ।
जेनजीहरुको आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पत्तिमाथि आक्रमण हुनुका साथै घरमा आगजनी भएको थियो ।
लामो समय अस्पतालमा उपचार गराएर आफन्तको निवासमा बस्दै आउनुभएका देउवा आज पहिलोपटक बैठकमा सार्वजनिक हुन लागेका हुन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE