तीहारको बिदामा पनि बैंकिङ सेवा दीन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटिकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँच पासका लागि बैङ्किङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ ।
केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैङ्किङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो ।
त्यसैगरी राष्ट्र बैङ्कले आज शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने जनाएको छ
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE