काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
काठमाडौं । नेताहरु बोल्ने क्रम नसकिएपछि नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ ।
शुक्रवारको बैठकमा एजेण्डामाथि नेताहरुले आफ्नो धारणा राख्ने क्रमम नसकिएको आज फेरी बस्नेगरी बैठक स्थगित गरिएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
बैठकमा केन्द्रीय सदस्यहरुले एजेण्डामाथि आफ्नो धारणा राखिरहेका छन् । आज पनि छलफल सकिने सम्भावना कम रहेकोले छठपछि मात्रै निष्कर्षमा पुगिने उनको भनाइ छ ।
बैठकमा केहीले विषेश महाधिवेशन गर्नुपर्ने तथा केहीले नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।
प्रवक्ता महतले निर्वाचन गराउने सवालमा सरकार गम्भीर नरहेको बताए ।
उनले सरकारको ध्यान निर्वाचन गराउनुमा केन्द्रित हुनुपर्नेमा राजदुत फिर्ता बोलाएर अन्तर्राष्ट्रिय कुटनीतिमा प्रश्न उठ्ने खालको गतिविधि गरिरहेको आरोप लगाए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE