दल खोल्ने घोषणा गर्दै ढुंगानाले भने – सरकारले बटमलाइन पूरा नगरेसम्म चुनावमा भाग लिन्नौँ
काठमाडौं । जेन-जी अभियन्ता मिराज ढुंगानाले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् ।
शनिवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ढुंगानाले राजनीतिक दल खोल्न लागेको घोषणा गरेका हुन् । उनले निर्वाचनमा भाग लिनको लागि मात्रै भने दल खोल्न नलागेको दाबी गरे ।
ढुंगानाले आफूहरुको बटमलाईन सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने बताए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी आफूहरुको प्रमुख मुद्दा भएको बताउँदै जेन-जी अभियन्ताहरुलाई एकजुट बनाउन नयाँ दल खोल्न लागिएको जिकिर गरे ।
उनले भने, बटमलाईन पूरा नभई हामी चुनावमा जान तयारी छैनौँ । प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा भनेको हाम्रो वान अफ द बटमलाईन हो यसलाई सुन्नैपर्छ । यो विना कतै पनि जानेवाला छैनौँ । पार्टी खोल्नुको अर्थ चुनाव लड्न होईन । संगठित भएर अगाडी बढ्नलाई छरिएर नबसौँ, हुलमुलमा नबसौँ, कसको कुरा सुन्ने त, निर्देशन कसले दिने त्यसको लागी मात्रै हो । हामीले राजनितिक पार्टी खोल्नुको अर्थ निर्वाचनमा जानु कदापी होईन । यो प्रष्ट होस् । आधिकारिक हुनलाई भीड भएर मात्रै त देश विकास हुँदैन । आधिकारिक त हामी हुनुप¥यो । कि त मैले एनजीओ खोल्नुप¥यो देश विकासका लागी कि त राजनितिक दल खोल्नुप¥यो । त्यो बाहेक त हुलमुल मात्रै हुन्छ ।’
उनले नयाँ दलको नाम भने सबैसँगको छलफलपछि टुंग्याउने बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE