३० आश्विन २०८३, शुक्रबार

जेन-जी आन्दोलनपछि एमाले अध्यक्ष ओली पहिलो पटक पार्टी मुख्यालय च्यासलमा

0
Shares


काठमाडौं । जेन-जी आन्दोलनपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पहिलो पटक पार्टी मुख्यालय च्यासल पुगेका छन् ।

शनिवार पार्टीको सम्पर्क समन्वय कमिटीले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा सहभागी हुन उनी पार्टी मुख्यालय पुगेका हुन् । कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेललगायतका शीर्ष नेताहरू सहभागी भएका छन् ।

जेन-जी आन्दोलनपछि पदच्युत भएका ओली अहिले भक्तपुरको गुण्डुमा डेरा लिएर बसेका छन् ।

भदौ २४ गते आगजनी, तोडफोड र लुटपाटका क्रममा ओलीको बालकोटस्थित घर र पार्टी मुख्यालय च्यासल ध्वस्त भएको थियो ।