आइतवार, कार्तिक १०, २०८२
Sunday, October 26, 2025

देश बच्न पर्‍यो, नेतृत्व छोड्न तयार छु : प्रचण्ड

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष पद छोड्न तयार रहेको बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघले शनिवार आयोजना गरेको कार्यक्रममा उनले अध्यक्ष पद आफ्नो लागि समान्य भइसकेको दाबी गरे ।

माओवादीमा दाहालले नेतृत्व छाड्नुपर्ने आवाज उठ्न थालेको छ । सोही आवाजप्रति लक्षित गर्दै उनले देश बचाउनको लागि आफूले जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताए । उनले अरुलाई पनि त्याग गर्नको लागि तयार रहन आग्रह गरे ।

उनले भने, ‘कतिपय मानिसहरुले भन्ने गर्छन्, पार्टी अध्यक्ष छोड् । म पार्टी अध्यक्ष मात्रै होइन । के बलिदान गर्न पर्छ म गर्न तयार छु । आजै म तपाईहरुको अगाडी घोषणा गर्न चाहन्छु । देश बच्न प¥यो । हामीलाई अध्यक्ष, पद, कार्यकारी यो धेरै सानो कुरा भइसक्यो । मैले यिनैकुरा विचार गरेर नै केन्द्रिय समितिलाई आयोजक समितिमा, अध्यक्षलाई संयोजकमा अधिवेशनसम्म जाँदा जे परिवर्तन गर्नुपर्छ, जस्तोसुकै त्याग गर्न म तयार छु, मैले भनिराखेको छु । म सबैलाई पनि राष्ट्रको निम्ति त्याग, देशको निम्ति त्याग गर्न तयार रहन पनि म सबैसंग अपिल गर्दछु ।’

उनले पार्टी कार्यकर्ताहरुलाई विचलिन नहुन पनि आग्रह गर्नुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x