सोमवार, कार्तिक ११, २०८२
Monday, October 27, 2025

सरकारले निर्वाचन हुन्छ भनेर दुनियाँलाई ढाँट्यो : एमाले अध्यक्ष ओली

  • 27
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने भनेर झुटको खेती गरिरहेको आरोप लगाएका छन् ।

उनले सरकारले राजनीतिक दलहरुलाई निषेध गरेर चुनाव गराउँछु भन्दै हिँडेर आम जनतालाई ढाँटने काम गरिरहेको आरोप लगाएका हुन् ।

पार्टीको सम्पर्क समन्वय कमिटीले शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले निर्वाचन गराउने सोच सरकारसँग नभएकाले आफ्नो पार्टीले प्रतिनिधि सभा पुनः स्थापनाको मागलाई अघि बढाउनुपरेको तर्क राखे ।

उनले जेनजी आन्दोलनको काममा लुटिएका हतियार फिर्ता गराउन नसक्ने सरकारले निर्वाचन गराउने भनेर नाटकीय गतिविधि गरिहेको टिप्पणी गरे ।

उनले भने, ‘चुनाव गराउने । लुटिएका हतियार कहाँ छ ? राजनीतिक नेताहरुलाई चुनावमा जान दिँदैनन् । राजनीतिक दलहरुले चुनावमा भाग नलिएर आफैँ मात्रै भाग लिएर चुनावको नाटक गर्ने । कति राम्रो ड्रामाको परिकल्पना । तसर्थ यस्ता परिकल्पना जनतालाई झुक्याउने, जनता ठग्ने मेलो मात्रै हो । वर्मामा ६ महिनामा चुनाव गराउँछु भनेको कति वर्ष भयो ? जेनजीको नाममा आन्दोलन गर्ने, जेनजीले नेपालमा के ग¥यो ? जेनजी आमैलाई प्रधानमन्त्री बनायो । बंगलादेशमा शेख हसिना ७५ वर्षकी बुढी भईन भनेर बेस्सरी नारा लगायो । बुढी भईन हुँदैन भनेर ८५ वर्षका हजुरबालाई फ्रान्सबाट झिकाएर शासक बनाए । जेनजीले के ७५ का लाई हटाएर ८५ का लागि ल्याउन आन्दोलन गरेको थियो ? त्यो पनि देशभित्र होइन, फ्रान्समा बसिरहेकालाई । अहिलेको सरकारले त्यस्तै सोचेको होला हामीलाई । याद रहोस्–मैले अस्ती नै भनेको थिए–यस्ता जग नै नभएको असंवैधानिक सरकारलाई छोडेर हामी विदेश भाग्छौं ? हामी त देश भित्र बसेर जेलमा बसेर होस् कि भूमिगत बसेर होस कि । जसरी होस् देश भित्रै बसेर संघर्ष गरेर आएका शक्ति हो । त्यसकारण हामी त्यस्तो कमजोर खालका हुत्तिहारा होइनौं । अनि चुनाव गराउने रे । झापामा मेरो घर जलाईयो । अनि हेर्न जान परेन । त्यहाँ जान पनि नपाउने ? काठमाडौं उपत्यका बाहिर जान नपाउने ? क्या गज्जवको सरकार छ । मलाई जतिबेला काम पर्छ, त्यतिबेला म साँगा कटने होइन, नेपालको सहरभित्र जहाँ पनि घुम्न जानेछु । के कानूनले समाउँछ, के कानूनले थुन्छ, कुन लोकतन्त्रले थुन्छ ? त्यो म हेर्छु । जथाभावी गर्ने, मनपरी गर्ने । कहाँबाट ल्याएको यो देश । हाम्रो होइन । मौखिक आदेशमा जे पनि गर्न पाईन्छ ? हदबन्दी गर्ने चुनावमा जान नदिने, दलहरुलाई चुनावमा भाग लिन नदिने । अनि फागुन २१ मा चुनाव गर्ने ? पोलिटिकल पार्टीहरुसँग सम्वाद नगर्ने, निषेध गर्ने । दमन गर्ने । अनि फागुन २१ मा चुनाव हुन्छ भन्छ । यसरी सरकारले दिन दुनियालाई ढाँटेको हो । सोच नै यस्तै हो भने छोडिदिनुस यो काम लाग्दैन । ढाँटेको हो भने जनता सचेत छन काम लाग्दैन । यो चुनाव हुनेवाला छैन । त्यसकारण हामीले विघटित प्रतिनिधि सभा पुनस्थापना भनेको हो ।’

अध्यक्ष ओलीले आफूलाई सरकारले काठमाडौं उपत्यका बाहिर नजान प्रतिवन्ध लगाएपनि आवश्यक परेका बेला देशको कुनैपनि शहरमा घुम्न जानसक्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x