३० आश्विन २०८३, शुक्रबार

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपाली टोली घोषणा

0
Shares


काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ ।

आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने विश्वकप लिग २ का लागि कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिएको हो ।

उपकप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीले सम्हाल्ने छन् ।

टोलीमा नियमित खेलाडी सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी र करण केसी समावेश छन् । साथै, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुलशन झा र शाहब आलमले पनि टोलीमा स्थान पाएका छन् । अनिल शाह पनि टोलीमा फर्किएका छन् ।

यस सिरिजमा नेपालसँगै यूएई र अमेरिका सहभागी हुँदैछन् ।