शुक्रबार, कार्तिक ८, २०८२
Friday, October 24, 2025

राष्ट्रपति पौडेलद्वारा गौ पूजा (तस्बिरहरु)

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसँगै मा विधिपूर्वक गौ पूजा गरेका छन् । कात्तिक कृष्ण औँसी अर्थात गाई तिहारको अवसरमा शीतल निवासमा विधिपूर्वक गौ पूजा गरेका हुन ।

वैदिक मन्त्रद्वारा सम्पन्न यो पूजामा गाईलाई लक्ष्मीको प्रतीक मान्दै खानेकुरा खान दिइएको थियो । तिहारको तेस्रो दिन मनाइने गाई तिहारले नेपाली संस्कृतिमा मानव र प्रकृतिबीचको पवित्र सम्बन्धलाई जोड दिन्छ ।

पाँच दिनसम्म मनाइने तिहार, जसलाई दीपावली पनि भनिन्छ, प्रकाश, समृद्धि र पारिवारिक एकताको उत्सव हो । यस पर्वमा काग, कुकुर, गाई, गोवद्र्धन र भाईटीकाको पूजा गरिन्छ, जसले जीवनका विभिन्न पक्षहरूलाई सम्मान गर्ने परम्परालाई जीवन्त राख्छ ।

राष्ट्रपति पौडेलको यो सहभागिताले तिहारको सांस्कृतिक र धार्मिक मूल्यहरूलाई प्रोत्साहन गर्दै राष्ट्रिय एकता र प्रकृतिप्रतिको श्रद्धालाई उजागर गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x