नेकपा एमालेको सचिवालय बैठक जारी
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ । शनिवार बिहान साढे १२ बजेबाट भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक शुरु भएको हो ।
बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषय, निर्वाचन, प्रतिनिधि सभा पुनःस्थापना, जेन जी, सरकार र राजनीतिक दलहरुसँग भएको वार्ता, नेकपा (एकीकृत समाजवादी) का नेता, कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आह्वान गर्ने लगायतका विषयहरुमा छलफल जारी छ ।
साथै पार्टीको महाधिवेशन कार्यसूचिबारे पनि छलफल हुने पार्टीले बताएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE