प्रभु साहले मागे गृहमन्त्री अर्यालको राजीनामा, एक साताभित्र जेन–जी हत्यारालाई कारबाही नथालिए काठमाडौंबाहिर निस्किने नदिने चेतावनी
काठमडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भदौ २३ गतेको जेनजी आन्दोलनमा युवाहरुमाथि गोली बर्साएर हत्या गर्ने हत्याराहरूलाई अहिलेसम्म कारबाही नगरिएको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन् । गृहमन्त्री अर्यालको कार्यक्षमतामाथि प्रश्न उठाउँदै साहले जिम्मेवारी पूरा नगर्ने हो भने मार्गप्रस्त गर्नुपर्ने बताएका हुन् ।
आज (बुधवार) पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले एक साताभित्र जेनजी आन्दोलनमा दमन गर्नेहरु र युवाहरुको हत्यामा संलग्न अपराधीलाई कारबाही नगरे काठमाडौंबाहिर निस्किन नदिने चेतावनी दिएका हुन् । उनले भने,‘जेन–जी हत्याराहरूलाई एक साताभित्र बयान नलिए र कारबाही नगरे गृहमन्त्रीलाई काठमाडौंबाट बाहिर निस्कन दिनुहुँदैन् । यी लुते गृहमन्त्रीले देशका लुतोहरु फाल्ने नसक्ने देखियो । अहिलेका गृहमन्त्रीको कारण देशमा शान्ति, सुरक्षा र अमनचयन हुने सम्भावना देखिएन ।’
साहले तत्कालिन प्रधानमन्त्री केपी ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई बयान लिन ढिलाई गर्नुको कारण के हो रु भनेर पनि गृहमन्त्रीलाई सोधेको छन् । उनले जेनजी हत्यारालाई बयानसम्म लिन नसक्ने यो सरकारले फागुनमा चुनाव गराउँछ भनेर कसरी पत्याउने भनेर आशंका व्यक्त गरेका छन् । उनले भने,‘देशका कलिला युवाहरुलाई ताकि ताकि हत्या गर्नेहरु नै अहिले मुन्टो उठाउन थाले, गुण्डाहरुको बलमा बाईक र्याली निकाल्ने थाले । अब जेनजी शहिद परिवारले यो दृश्य कसरी सहन्छन् रु’ जेन(जी आन्दोलनको दमन र हत्याबारे जाँचुबझ गर्न बनेको आयोगका पदाधिकारीको क्षमतामाथि पनि उनले प्रश्न उठाएका छन् । माथिबाट बयान लिएर जानुपर्नेमा जाँचबुझ आयोगका पदाधिकारी जिल्ला भ्रमण र अवलोकनमा लागेको भन्दै उनले आक्रोश पोखे ।
साहले जेनजी आन्दोलनमा मृत्युवरण गर्न बाध्य युवाहरुको परिवारका सदस्यहरुलाई रोजगारीको ग्यारेन्टी गरिनुपर्ने माग गरे । उनले भने,‘उनीहरुको परिवारको अवस्था अहिलेपनि नाजुक छ । दयनीय छ । म सरकारलाई र खासगरी मिडियावाजी गर्ने मन्त्रीहरुलाई भन्न चाहन्छु–एक÷दुई दिन अस्पतालमा पुगेर घाईते भेटेको तस्विर हालेर मात्रै हुन्छ रु स्टन्ट होईन, स्टेप चाल्नुहोस । म्यानिपुलेशन होईन, म्याण्डेट पूरा गर्नेतर्फ सोच ।’
मन्त्री बनेको दुई महिना नबित्दै देवत्वकरण गरिएको र सामाजिक सञ्जालले हिरो बनाएका कुलमान घिसिङहरुको अनुहारमा भ्रष्टाचारको दाग पोतिन थालेको भन्दै आफूमाथि लागेको आरोपको जवाफ दिन पनि उनले माग गरे । उनले भने,‘मिडियामा कुलमानजीको बारेमा प्रशस्त कुरा आएका छन्, भारतसँग विद्युत खरिद सम्झौतामा प्रश्न उठाईएको छ । यसको जवाफ दिनुपर्छ ।’
उनले कुलमानले गैरदलीय सरकारमा बसेर दल खोल्ने गृहकार्य गरेकोमा पनि प्रश्न उठाए । उनले भने,‘यो सरकारको म्याण्डेट के हो रु दल खोल्नको लागि शक्तिमा पुग्नुभएको हो र कुलमानजी रु म त भन्छु तपाईं ९कुलमान० जेनजी आन्दोलनको असली हाईज्याकर हो ।’ उनले विकास निर्माणसँग प्रत्यक्ष जोडिएका तीन वटा राम्रा मन्त्रालय पोको पारेर जेनजीहरुको भावना कुलमानले कुच्लिएको आरोप लगाए ।
उनले भने,‘२१ फागुनअघि नै राजीनामा दिएर राजनीति गरे भने कुलमानलाई जनकारबाही गर्नुपर्छ । कुलमानको खोक्रो लोकप्रियताको छवि नाङ्गो भैसक्यो । कुलमान आँफैमा थोत्रो गाडी हुन्, यिनले देशलाई गन्तव्यमा पुर्याउन सक्दैनन् । अर्थमन्त्रीमाथि पनि मिडियाले प्रश्न उठाएका छन् । दोहोरो करको विषयमा, तपाईंले पनि जवाफ दिनुपर्छ ।’ उनले प्रधानमन्त्री सुशीलाले कस्तालाई मन्त्री बनाईछन् भनेर जनस्तरबाट प्रश्न उठन् थालेको भन्दै दुई महिना नबित्दै काण्डमा मुछि हालेको भन्दै कुलमान र रामेश्वर खनालले अब आफूमाथि लागेको आरोपबारे बोल्नुपर्ने बताए ।
उनले सिंगो एमाले पँक्तिलाई चुनावी वातावरण विथोल्ने अध्यक्ष केपी ओलीको कदमलाई साथ नदिन अपिल गरेका छन् । ओलीले आफूमाथि लागेको जेनजी हत्याको कलंकबाट जोगिनको लागि दिनदिन नाटकमञ्चन गरेको र चुनाव विथोल्ने प्रयत्न गरेको भन्दै यसमा साथ नदिन देशभक्त नेता तथा कार्यकर्तालाई साहको सुझाव छ ।
उनले भने,‘केपी ओली चुनाव चाहँदैनन्, अहिले दिनहुँ गुण्डुबाट देशलाई हिंसामा लानेगरि धम्काईरहेका छन् । एमालेका सच्चा देशभक्त नेता तथा कार्यकर्ता अहिले ओलीको हकर्त देखेर अचम्मित हुनुभएको छ । केपी ओलीले नराम्रो र खराब केही पनि बिर्सिएनन्, राम्रो अनि नयाँ केही पनि सिकेनन् । जेन-जी आन्दोलनमा आर्मीले रेस्क्यु गरेर ज्यान बचाएका ओलीहरुकै धम्कीपूर्ण बोली सुन्नुपर्दा नेपाली जनताको पारो तातेको छ ।’ साहले एमाले संघीयता मास्न उद्धत देखिएको भन्दै हालैको मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ती र डान्स बारमा शपथ खुवाईएको दृश्य स्मरण गराएका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE