महाधिवेसनको मिति मै रुमलियो कांग्रेस, बैठकबाट चुनावअघि महाधिवेसनको मिति तोक्न महामन्त्री गगन थापाको दबाब
काठमाडौं । जेनजी विद्रोहपछि देशको राजनीति एका एक परिर्वतन आएको छ । शीर्ष नेतालाई विस्थापित गरि युवा नेताहरु अघि आउनु पर्छ भन्ने वहस चुलिएको छ । एमालेसहित बिभिन्न कम्युनिष्ट दलहरुले महाधिवेशनको मिति पनि तय गरिसकेका छन् । तर, आफुलाई लोकतान्त्रिक पार्टी दाबी गर्ने नेपाली कांग्रेसले भने महाधिवेशनको मिति तोक्न सकेको छैन् । चुनावपछि महाधिबेशन गर्नुपर्ने पाका नेताहरुले बताइरहँदा युवा नेताहरुले भने पुसमै महाधिवेशन गर्न दवाव दिइरहेका छन् ।
गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक एक महिना चल्यो । बैठक सुरु गर्दैै सभापति शेरबहादुर देउवाले स्वास्थ्य समस्या देखाएर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिएर उपचारका लागि सिंगापुर उडे । एक महिनाको उपचारपछि सभापति देउवा स्वदेश फर्किदा समेत कांग्रेसले महाधिबेशन मिति तोक्न सकेको छैन् । केन्द्रीय समिति बैठकमा फागुन २१ गतेको प्रतिनिधिसभाको चुनाव अघि महाधिबेशन गर्ने कि पछि भन्ने विवाद छ । देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल मंसिरमा सकिँदैछ । महामन्त्री गगनकुमार थापाले आगामी पुस १६ देखि १९ सम्म नियमित महाधिवेसन गर्ने गरी केन्द्रीय समिति बैठकमा कार्यतालिका पेस गरेका छन् । यो प्रस्तावमा इतर पक्षका नेता डा. शेखर कोइरालाको पनि समर्थन छ । तर, संस्थापनपक्ष भने कुनै पनि हालतमा चुनावअघि महाधिवेशन गर्न नहुने लाइनमा छ ।
यहि केन्द्रीय समिति बैठकमा नेताहरुको धार समेत परिवर्तन भइरहेको छ । विगतमा संस्थापन देउवा प्यानलबाट चुनाव जितेका नेताहरु नै गगन थापाको प्रस्तावलाई समर्थन गर्न पुगेका छन् । उनीहरुले चुनाव अघि नै महाधिबेशन गर्न सुझाव दिएका छन् । महामन्त्री गगन थापाले भने आफूले गरेको प्रस्तावित मितिमा महाधिबेशन गर्न तयार नभए विशेष महाधिबेशन गर्नुपर्ने बताएका छन् । नेताहरुले उठाएका प्रश्नको जवाफ दिदै थापाले महाधिबेशनमा चुनावमा भिड्न आउन नेताहरुलाई आह्वान गरे ।
महामन्त्री थापाले आफुले गत स्थानीय चुनावमा उम्मेदवार छनौट देखि नै सभापति देउवासँग फरक मत राख्दै आए पनि उनले नसुनेको गुनासो गरे । तत्कालिन एमालेसँगको गठबन्धनमा नजानका लागि धेरै प्रयास गरेपनि सभापतिको हठकै कारण सरकारमा सहभागि भएको र हालको अवस्था आएको उनको आरोप छ ।
महामन्त्री थापाले महाधिवेशनबाट आएको नेतृत्वले देश सम्हाल्ने बताए । उनले महाधिवेशन नगरी चुनावमा गएको कांग्रेसले उपलब्धि हासिल गर्छ भन्ने आफूलाई विश्वास नभएको पनि दाबी गरे । पूराना दलहरुमाथि आम नागरिकको विश्वास उडेकाले पनि विश्वास जगाउन महाधिवेसन गरेर नेतृत्व परिर्वतन गरि जनताका माझ जानुपर्ने दबाब नेताहरुले दिइरहेका छन् । नियमित महाधिबेशन गर्न नखोजे बिशेष महाधिबेशन रोक्न कसैले नसक्ने नेताहरुको दाबी छ ।
१५ औं महाधिबेशनमा कांग्रेसमा समिकरण बदलिने देखिन्छ । महामन्त्री थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेलदेखि देउवा समूहमै रहेका नेताहरुले पनि साथ दिइरहेका छन् । शुक्रबार देउवा पक्षीय २५ केन्द्रीय सदस्यले सात बुँदे माग राख्दै पत्र समेत बुझाएका छन् । जसले पार्टीभित्र युवा पंक्ती मात्रै होइन पुराना र पाका नेताहरुले भने गगनकै प्रस्ताव अनुसार महाधिबेशन गर्नुपर्ने माग गरिरहेका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE