शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

पूर्वयुवराज्ञी शाहद्वारा बंगलामुखीको दर्शनः धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनको विश्वास

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरको दर्शन गरेकी छन्। शनिवार बिहान उनले पाटनमै रहेको कुम्भेश्वर मन्दिरको पनि दर्शन गर्नुभई पूजापाठ गरेकी हुन् । दुवै मन्दिरमा पूजापाठ गर्नुका साथै उहाँले पाटन दरबार क्षेत्रको अवलोकन समेत गरिन् ।

बंगलामुखीको दर्शन गर्दा मनोकांक्षा पूरा हुने तथा शत्रु नाश हुने जनविश्वास रहेको छ । पूर्वयुवराज्ञी शाहले यसअघि पनि देशभरका विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा नियमित रूपमा पूजाआराधना गर्दै आएकी छन्।

उनले हिमानी ट्रस्टमार्फत स्वास्थ्य, शिक्षा र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा आम नागरिकलाई सहयोग पु¥याउँदै आएकी छन् । ट्रस्टले हालसम्म हजारौं विपन्न परिवारलाई राहत वितरण गरेको छ भने महिला सशक्तीकरण र बालबालिका शिक्षा कार्यक्रममा विशेष जोड दिएको छ ।

हिमानी शाह पूर्वयुवराज पारस शाहकी श्रीमती हुन्। अहिले पनि उनी सामाजिक कार्यमा सक्रिय रहेकी छन्। उनको यो भ्रमणले धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रोत्साहन दिने विश्वास गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x