मङ्लबार, मंसिर ३, २०८२
Tuesday, November 18, 2025

राज्यलाई कर बुझाइसकेपछि कसलाई सहयोग गर्ने आफ्नो इच्छा हो : मीनबहादुर गुरुङ

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले सबै जिम्मेवार भएर अघि बढ्न जरुरी रहेको बताएका छन् । सोमबार ९मंसिर १० राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट करदाताका तर्फबाट आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

उनले गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा आफ्ना १२ भाटभटेनी स्टोर पूर्ण रूपमा नष्ट भएको जानकारी दिए । अरू धेरै भाटभटेनीमा ठूलो क्षति पुगेको उनले बताए ।

अझै पनि आफूले हिम्मत नहारेको उनले उल्लेख गरे । उनले अझै अघि बढ्ने अठोट व्यक्त गरे । भाटभटेनीमा दसैँतिहार र छठका निम्ति ‘स्टक’ गरिएका धेरै सामान आन्दोलनका क्रममा लुटिएको र जलाइएको उनले बताए ।

आफूमाथि धेरै युवाको जिम्मेवारी, बैंकको लगानी रहेकाले व्यवसायबाटै अघि बढ्ने निचोड निकालेको उनले सुनाए । नेपालमा विपन्नताकै कारण आन्दोलन भइरहेको भन्दै जिम्मेवार नहुनु पनि त्यसको कारण रहेको उनको बुझाइ छ ।

भाटभटेनीमाथि आक्रमण कुनै एउटा पार्टीको भवन बनाइदिने विषयले भएको भन्ने उनले उल्लेख गरे । राज्यलाई कर बुझाइसकेपछि कसलाई सहयोग गर्ने भन्ने आफ्नो इच्छाको विषय भएको उनले बताए ।

आफूले डा. भगवान कोइरालाको नेतृत्वमा निर्मित बाल अस्पताल बनाइदिएको, विपन्न र जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाएको पनि उनले बताए ।

उनले भने , ‘गत भाद्र २३ र २४ गते जेनजी ठूलो आन्दोलन भयो । पहिला पहिला १५ देखि २० वर्ष लाग्थ्यो । अहिले जेनजीले २ दिनमै सत्ता उलटपुलट गरिदिए । यसमा हामी सबै अलि गम्भीर हुनुपर्छ । हामी गम्भीर भएनौँ भने अर्को आन्दोलन हुन्छ, अर्को आन्दोलन भए न मेरो भाटभटेनी रहन्छ, न कसैको लगानी बाँकी रहन्छ । यो आन्दोलनमा घुसपैठ भएर होला, धेरै ठूलो क्षति भयो । दशैँ,तिहार, छठ आउँदै गरेकाले ठूलो स्टक राखेका थियौँ । यो दुःखद् घटनापछि पनि मैले अघि बढ्ने हिम्मत गरेको छु, म अघि बढ्छु, कारण के भने म मा जिम्मेवारी छ, बैंकको लगानी छ, मसँग आवद्ध हजारौँ भाइबहिनी हुनुहुन्छ, त्यो भन्दा ठूलो मेरो देश छ । हामी अलि विपन्न भएको कारणले नै यो विभिन्न समयमा आन्दोलन भइरहेको हो । आन्दोलन हुनुको पछि हाम्रो जिम्मेवारी नहुनु पनि होला । हामी जिम्मेवार भएर देश विकासमा लाग्नुपर्छ । हाम्रो घर कमजोर भयो भने वल्लो घर, पल्लो घरकाले आएर राज गर्न थाल्छन् । जुन घटना भयो यो, १२ वटा भाटभटेनी सखाप नै भए । अरु धेरैमा लुटपाट भए । अब यस्तो घटना हुँदैन होला र सबैले वोध गर्दछन् भन्ने विश्वास छ । भाटभटेनिमाथि किन आक्रमण भयो भन्दा कुनै पार्टीलाई भवन बनाइदिने भयो भनेर रे । भाटभटेनीको मूल आफ्नो ट्याक्स पे गरिसकेपछिको पैसा उसले दान गर्न चाहन्छ, त्यही भएर डा। भगवान कोईरालाको नेतृत्वमा बनेको बाल अस्पताल हामीले यही मंसिरमा उद्घाटन गरेर बालबालिका राख्ने सोचमा थियौँ, आन्दोलनले केही ढिला भयो । नेपालमा करोडौँ दिनेकुरा नौलो कुरा हो । विभिन्न जिल्लाका विपन्न व्यक्तिहरुका बालबालिकालाई मैले एमबीबिएस पढाएको छु । टिचिङ अस्पतालमा पनि राम्रै सहयोग गरेका छौँ । भवन बनाइदिएका छौँ । अहिले पार्टीलाई भवन बनाइदियो भन्ने छ । मेरो आफ्नो पर्सनल कुरा हो । सबै पार्टीलाई तपाईंहरु सुध्रिनुस् हामी सहयोग गर्छौं भनेको छु । मूल कुरा पार्टी जस्तो लागेको थियो, अहिले अब जेनजी रहेछ । १० जनासँग किन माग्नु म एक्लैले दिइहाल्छु नि भनेर दिएको हो । त्यसका खातिर यो भोग्नुप¥यो । मैले उहाँहरुसँग लिने होइन, दिने मात्रै हो ।’

उनले व्यवसायीहरुले सानो मन गर्न नहुने बताए। आफूले खोटाङबाट आएर हजारौँलाई रोजगारी दिनसकेको बताउँदै अरुले पनि त्यसैगरी दिनसक्ने उनको भनाइ छ । उनले नेपालमा धेरै कुराको अवसर रहेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x