शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

नेशनल भोलेन्टियर फोर्सले एमालेप्रति विमती राख्नेहरुको पनि सुरक्षा गर्छ, प्रधानमन्त्री कार्कीसँग निर्वाचन गराउने मनशाय नै छैनः ओली

  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

काठमाडौं । नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको छ । पार्टीमा मतभेदकाबीच अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार कार्की ब्यांक्वेटमा कार्यक्रम गरेर फोर्स घोषणा गरिएको हो । फोर्स राष्ट्रिय हितका लागि गठन भएको बताउदै अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग सम्बन्धित र असम्बन्धित सबैको जीउधनको सुरक्षाका लागि गठन गरिएको दाबी गरेका छन् । देशमा रहेको त्रासदिपूर्ण वातावरणलाई सहज बनाउन फोर्सको स्थापना भएको दाबी गर्दै उनले कसैले राज्यको सम्पती जलाउन आउँदा भोलेन्टियरले प्रतिवाद गर्ने बताए ।

 

एमाले जनसंठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले फोर्सको नाम घोषणा गरेका हुन् । फोर्सको कमान्डरमा युवासंघका पूर्वउपाध्यक्ष पुष्पराज श्रेष्ठलाई तोकिएको छ । उनी वाग्मती प्रदेश कमिटीका सदस्य हुन् ।दुई जनालाई सह–कमान्डरको जिम्मा दिइएको छ । शुक्रबार फोर्सको घोषणा गर्दै अध्यक्ष केपी शर्मा ओलीले राज्यले सार्वजनिक सम्पती र जीउधनको रक्षा गर्न नसकेपछि नेसनल भोलेन्टियर गठन गरेको बताए । ओलीले राष्ट्रिय आकांक्षा पूरा गर्न युवाहरू तयार भएको भन्दै आतंकवादीलाई निस्तेज गर्न तयार रहन निर्देशन समेत दिए । भोलेन्टियर फोर्स गठनप्रति केही मानिसहरु खुसी नहुन सक्ने भन्दै अध्यक्ष ओलीले फोर्स कसैको अहितका लागि गठन नभएको प्रष्टीकरण दिए । फोर्स राष्ट्रिय हितका लागि गठन भएको बताउदै उनले एमालेसँग सम्बन्धित र असम्बन्धित सबैको जीउधनको सुरक्षाका लागि गठन गरिएको दाबी गरे ।

 

यस्तै फरक प्रसंगमा उनले हामी नेपालका संयोजक सुदन गुरुङलाई लक्षित गर्दै पानी बाँड्ने मात्रै भोलेन्टियर संस्था हुँन नसक्ने बताए । अघिल्लो दिन पानी बाँड्ने भोलिपल्ट केके केके भन्दै उनले भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनको क्रममा उक्त संस्थाको उपस्थिति र सक्रियताबारे प्रश्न समेत उठाएका उठाए । राज्य संयन्त्रले मात्रै सुरक्षा गर्ने अवस्था नरहेको आफुहरुले भोगेको बताउदै उनले देशमा रहेको त्रासदिपूर्ण वातावरणलाई सहज बनाउन स्थापना भएको दाबी गरे । कसैले राज्यको सम्पती जलाउन आउँदा भोलेन्टियरले प्रतिवाद गर्ने उनको भनाइ छ ।

 

अध्यक्ष ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन गराउने मनशाय समेत नरहेको दाबी गरे। उनले प्रधानमन्त्री कार्कीले निर्वाचन गराउन नसक्ने जिकिर समेत गरे । अध्यक्ष ओलीले निर्वाचनयोग्य वातावरण नभएकाले मुलुकमा निर्वाचन हुने अवस्था नरहेको उल्लेख गर्दै त्यसै गरेर एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्नुपरेको बताए । उनले १ सय २५ वटा पार्टीहरुसँग निर्वाचनका लागि वार्ता गरेको भनेर प्रधानमन्त्री कार्कीले काँग्रेस, एमालेजस्ता पार्टीहरुलाई अपमान गरेको भन्दै आपत्ति जनाए ।

यस्तै अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीको कार्यशैलीमाथि प्रश्न उठाए । अहिलेको सरकार असंवैधानिक बाटोबाट बनेको भन्न नपाइने रे भन्दै प्रधानमन्त्रीप्रति कटाक्ष गरेका हुन् । उनले प्रतिनिधिसभाको पुनस्र्थापना भएपछि जेनजीका भनिएका माग पनि पूरा गर्न सकिने लोकतान्त्रिक बाटोमा ल्याउन सकिने भन्न नपाइने भनेर प्रधानमन्त्रीले बताएको आरोप लगाउदै प्रधानमन्त्री राणा शासन भन्दा कडा निस्किएको आरोप लगाए ।

अध्यक्ष ओलीले पार्टीको महाधिवेशन भाँड्ने प्रयास भएको बताउदै यस्तो सोच नबनाउन चेतावनी दिए । यही मंसिर २७देखि२९ गतेसम्म हुने महाधिवेशन भव्य हुने बताउदै उनले एमालेको महाधिवेशनबारे टाउको नदुखाउन आग्रह गरे । जनताले एमालेको महाधिवेशनलाई ऐतिहासिक रूपमा स्थापित गर्ने बताउदै उनले महाधिवेशनलाई एकताबद्ध बनाएर लैजान चाहेको बताए । ओलीले सामाजिक सञ्जालबाट भ्रम फैलाइएको र सजक हुन आग्रह गरे ।

एमालेले शुक्रबार भोलेन्टियर्स फोर्सको प्रदर्शन गर्दा माईतीघर मण्डलामा जेन–जी समूहले धर्ना दिएका थिए । जेन जी आन्दोलनका क्रममा भएको घटनामा दोषीलाई कारवाही हुनुपर्ने आफुहरुका माग पुरा हुनुपर्ने भन्दै गत भदौ २३ र २४ गते भएको जेन–प्रदर्शनका क्रममा घाइते भएकाहरु धर्नामा बसेका थिए ।। दुवै समूह आपसमा भेट हुँदा हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गरेर सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x