शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षमा निरन्तरता दिनुपर्ने बताएका छन् । शुक्रवार प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले पार्टीले ओलीलाई नै निरन्तरता दिने निष्कर्षमा पुगेको बताएका हुन ।

उनले मुलुकमा राष्ट्रिय स्वाधिनता, लोकतन्त्रको रक्षा र प्रतिक्रान्तिलाई परास्त गर्न पनि ओली नेतृत्वको विकल्प नभएको निष्कर्षमा पार्टी केन्द्रिय समिति पुगेको दाबी समेत गरे । ओलीका नीति, विचार र उनले हाँसिल गर्नुभएको उपलब्धिले पनि उहाँलाई नेतृत्वमा निरन्तरता दिन आवश्यक देखिएको उपाध्यक्ष थापाको जिकिर थियो ।

उपाध्यक्ष थापाले आम जनता, पार्टी कार्यकर्ता र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न पनि एमालेले उहाँलाई नेतृत्वमा निरन्तरता दिन आवश्यक रहेको बताए । उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति संकेत गर्दै अहिलेको अवस्थामा नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त नभएको समेत बताए ।

उपाध्यक्ष थापाले भने,‘ उहाँका योगदान, उहाँले लिएका नीतिहरु, अवलम्वन गर्नु भएको विचारहरु र उहाँले प्राप्त गर्नुभएको उपलब्धिहरुलाई हेर्दा अहिले पनि उहाँको आवश्यकता देशलाई छ । र पार्टीलाई छ । अझ अहिलेको विशिष्ट स्थितिमा ठोस स्थितिमा लोकतन्त्रको स्थापनाको निम्ति उहाँको झन बढी आवश्यकता छ । देशको राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ति झन उहाँको बढी आवश्यकता छ ।

त्यो हिसावकितावले वर्तमान नेतृत्वलाई नै निरन्तरता दिनुपर्छ भन्ने निष्कर्षमा केन्द्रिय समिति पुगेको हो । यो नेतृत्वको सवालमा हाम्रो विधान महाधिवेशनमा पनि गम्भिर रुपमा छलफल चल्यो । र भर्खरै बसेको केन्द्रिय समिति बैठकमा पनि लिडरसिपको सवालमा गम्भिर रुपमा बहस भएर उहाँको आवश्यकता अहिले पनि देशलाई छ । र उहाँको नेतृत्वमा मात्रै नेकपा एमाले अगाडि बढ्नसक्छ ।

देशलाई समृद्धिको दिशातिर अगाडि बढाउन सक्छ भन्ने कुराको निष्कर्षमा पुगेर यो निर्णय भयो । त्यो कोणबाट पार्टीलाई एकतावद्ध गर्ने, पार्टीलाई सुदृढ गर्ने र यो प्रतिक्रान्तिलाई परास्त गर्नको निम्ति वर्तमान अध्यक्षको निरन्तरता आवश्यक छ भन्ने हो । त्यो हिसावकितावबाट यो कोणबाट अहिले जो नेतृत्व छ नेकपा एमालेको अध्यक्षलगायतको ।

अहिजेको ठोस परिस्थितिमा यो नेतृत्वलाई निरन्तरता दिनुपर्छ भन्ने हो अर्थमा । त्यसकारण पार्टीलाई एकतावद्ध गर्नको निम्ति पनि अहिलेको नेतृत्वलाई निरन्तरता दिनुपर्छ भन्ने यो हो । त्यसकारण यो महाधिवेशनको बारेमा पार्टी केन्द्रिय समितिको पनि यही निष्कर्ष हो । हुनत अहिले विभिन्न कमरेडहरुले सार्वजनिक रुपमा विभिन्न उम्मेदवारीहरु घोषणा गरिरहनुभएको छ । केन्द्रिय समितिको निर्णयको कोणबाट हेर्दा यो ढंग जानु एमाले नेताहरुका लागि उपयुक्त होइन । यसले पार्टीलाई एकतावद्ध गर्दैन । यसले अझ विघटन र विर्सजनतिर लैजान्छ ।

अहिलेको सन्दर्भमा प्रतिस्पर्धाको नामबाट यो ढंगले जान हामी उपयुक्त हुँदैन । त्यसकारण एकतावद्ध नेतृत्व सहमतीका साथ अघि बढाउने केन्द्रिय समितिको पनि निर्णय भएको र आम जनताको पनि, कार्यकर्ताको पनि यो चाहना भएको हुनाले यही ढंगले जानुपर्छ भन्ने हाम्रो ठहर छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x