शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ गतेको निर्वाचनबारे छलफल

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ गते तोकिएको निर्वाचनको बिषयमा छलफल भएको छ । शुक्रवार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सर्वपक्षीय बैठकमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनबारे जानकारी गराएका छन् ।

सर्वपक्षीय बैठकमा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन तयारीबारे आयोगले गरिरहेको कामबारे छलफल भएको हो ।

बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निर्वाचन आयोगका पदाधिकारी, नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा, नेतृ पुष्पा भुसाल, नेकपा एमालेबाट महासचिव शंकर पोखरेल, नेता महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल, सोविता गौतम लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x