सिराहा १ बाट सामानुपातिकतर्फ कांग्रेसबाट प्रमेश्वर साहसहित पाँच जना सिफारिस
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस सिराहा क्षेत्र नम्बर १ ले समानुपातिकतर्फ युवा नेता प्रमेश्वर साहको नाम सिफारिस गरेको छ ।
साहसहित पाँच जनाको नाम सिफारिस गरिएको जनाइएको छ । उनीसँगै कांग्रेसले श्रीचन पासवान, उषा राउत, शर्मिला पोखेल र सूर्यनारायण यादवको नाम सिफारिस गरिएको हो ।
नेपाल विद्यार्थी संघबाट राजनीति थालेका साह पार्टीको परिपत्रअनुसार समानुपातिकमा सिफारिस भएका हुन् ।
करिब तीन दशकदेखि राजनीतिमा सक्रिय साह नेविसंघको सिराहा अध्यक्ष हुँदै केन्द्रीय सहमहामन्त्रीमा निर्विरोध निर्वाचित भएका थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE