मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

ऋणैऋणले नेपालको अर्थतन्त्र ध्वस्त भयोः प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा परेको बताएका छन् ।पर्सा जिल्लाको डक़ैला बहुअरी बाजारमा सोमवार आजपा पर्सा क्षेत्र नं.२ को क्षेत्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले ऋणैऋणले नेपालको अर्थतन्त्र ध्वस्त भएको बताएका हुन् । ग्रेलिष्टबाट नेपाललाई बाहिर निकाल्न नसके ब्ल्याक लिष्टमा पर्ने उनको भनाइ छ ।

उनले भने ‘नेपाल जस्तो सानो मुलुकमा नेताहरुको लुट, भ्रष्टाचार तथा ऋण आतंकले नेपाल ग्रेलिष्टमा परेको छ । नेपालको बार्षिक बजेट १९ खर्ब तर बैदेशिक ऋण २८ खर्ब पुगेको छ । हरेक नेपाली जन्मिदै एक लाख ऋणको भारी टाउँकोमा बोकेर जन्मिनुपर्ने अवस्था छ । ग्रेलिष्टबाट दुई बर्षभित्रमा बाहिर निकाल्नुपर्ने बाध्यता छ तर १० महिना बित्दा समेत कुनै प्रगति छैन् । सरकार यस बारेमा गम्भिर रहेको देखिदैन । ग्रेलिष्टबाट बाहिर नेपाललाई निकाल्न नसकिए भोली नेपालको अवस्था झनझन कमजोर बन्ने निश्चित छ ।’

नेपाल जस्तो सौन्दर्यपूर्ण, प्रकृतिकले धनी, जल, जंगल, जमिन राम्रो भएको मुलुकको अर्थ अवस्था बलियो र शक्तिशाली हुनुपर्ने बताउदै नेताहरुको लुट, भ्रष्टाचारले मुलुकको अर्थतन्त्र ध्वस्त हुदै गएको टिप्पणी अध्यक्ष साहले बताए । नेपाललाई विश्वकै धनी र शक्तिशाली मुलुक बनाउन सकिने गरी प्रकृतिले बरदान दिएको भए पनि नेताहरुले त्यसलाई लुटेर आफ्नो निजी सम्पती बनाएको उनको भनाइ छ ।

उनले भने, ‘ऋणैऋणले नेपालको अर्थतन्त्र ध्वस्त भएको छ । सरकार पिच्छेको कर आतंकले उधोग, व्यापारव्यवसाय चौपट भएको छ । नेपाल विश्वमै एक शक्तिशाली र बलियो अर्थतन्त्र हुने गरी प्रकृतिले बरदान नै दिएको छ हामीलाई । तर नेताहरुले त्यसलाई लुटेर आफ्नो निजी सम्पती बनाएका छन,’ आजपा अध्यक्ष साहले भने, ‘नेपालको नदीनाला, खोला बेचेका छन, जल, जंगल, जमिन बेचेका छन । त्यसलाई नेपाल र नेपालीको हित हुने गरी, अर्थव्यवस्था बलियो बनाउने गरी प्रयोग नगरी निजी सम्पती जस्तै ठानेर मुलुक लुटेर नेताहरुले अर्थतन्त्र ध्वस्त बनाए । आम जनता जाग्ने, उठने र यस्ता भ्रष्टहरुलाई लखेटने बेला आएको छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x