शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

महाधिवेशन प्रतिनिधिहरुलाई पाण्डेको आग्रह– ‘कम्युनिष्ट आन्दोलनलाई थप एकतावद्ध गर्न सहयोग गर्नुस्’

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले मुलुकको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनलाई थप एकतावद्ध बनाउँदै अग्रगामी पार्टीमा लैजान आफूहरुलाइ सहयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । सोमवार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

नेता पाण्डेले नेपालको कम्युनिष्ट आन्दोलनलाई थपअग्रगामी पथमा लैजानुपर्ने आवश्यकता रहेको समेत बताए । उनले पार्टीलाई थप व्यवस्थित बनाउँदै अगाडि बढ्नको लागि आफूहरुलाई सहयोग गर्न समेत प्रतिनिधिहरुलाई आग्रह गरे ।

उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनलाई अझै बढी एकताबद्ध र अझै अग्रगामी बाटोमा लैजानको लागि महाधिवेशन प्रतिनिधिज्यूहरुको हामीलाई सहयोग हुन्छ भन्ने कुरामा विश्वस्त छु ।’

नेता पाण्डेले महासचिव पदमा उम्मेदवारी दिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x