एमाले महाधिवेनसः मतदानको समय अनिश्चित
काठमाडौं । नेकपा एमालेको महाधिवेशनको कार्यतालिका अनुसार दिउँसो २ बजेबाट मतदानको तयारीमा केन्द्रीय निर्वाचन आयोग जुटेको छ । यसअघि १२ बजेदेखि भनेपनि आज भने ढिलोमा २ बजेबाट मतदान शुरु गराउनका लागि आयोगले काम गरिरहेको जनाइएको छ ।
विद्युतीय मतदानका लागि राति १२ बजे उम्मेदवारको अन्तिम नामावली हस्तान्तरण गरेको आयोगले जनाएको छ । सबै नामावली सेट गर्न १२ घण्टाको समय माग गरेका कारण ढिलोमा २ बजेभित्र मतदान शुरू गर्ने बताइएको छ ।
बुधबार भृकुटीमण्डपको परिसर अर्कै कार्यक्रमका लागि बुक भइसकेका कारण आज राति नै यो स्थल छोड्नुपर्ने बाध्यता रहेकाले मतदान आरम्भ २ बजेभन्दा ढिलो नहुने आयोगकको दाबी छ । महाधिवेशनमा ८० विद्युतीय भोटिङ मेसिनबाट मतदान प्रक्रिया सञ्चालन गरिने र प्रत्येक मतदाताले भोट हाल्न करिब ३५–४० मिनेट लाग्ने जनाइएको छ ।
एसपटक नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् । ओलीको प्यानलमा महासचिवमा शंकर पोखरले, उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ,रामबहादुर थापा बादल, उपमहासचिवमा विष्णु रिमाल लगाएतका छन् ।
यस्तै पोखरेल प्यानलमा महासचिवमा सुरेन्द्र पाण्डे, उपाध्यक्षमा विन्दा पाण्डे गोकर्ण विष्ट तथा उपमहासचिवमा योगेश भट्टराई, बैजनाथ चौधरी लगाएतका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE