एमालेको ११ औं राष्ट्रिय महाधिवेशनः चौथो दिन कार्यकर्ताको उत्साहपूर्ण चहलपहल
काठमाडौं । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनको चौथो दिन आज भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया शुरु हुने क्रममा छ । सर्वसम्मत प्रयास असफल भएपछि अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिष्पर्धा हुनेछ ।
बिहानैदेखि महाधिवेशन स्थल भृकुटीमण्डपमा प्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेख्य चहलपहल देखिएको छ । विभिन्न प्यानलका समर्थकहरू आ–आफ्ना नेताको पक्षमा नारा लगाउँदै भोट माग्न व्यस्त छन् । विद्युतीय मतदान मेसिनको प्रयोग गरिने भएकाले प्रक्रिया छिटोछरितो हुने अपेक्षा गरिएको छ ।
देशभरबाट आएका २ हजारभन्दा बढी प्रतिनिधिहरूले पार्टीको आगामी नेतृत्व छान्ने यो प्रक्रियामा उत्साहपूर्वक सहभागी जनाएका छन् । कार्यकर्ताहरूले आफ्ना नेताहरूलाई समर्थन गर्दै महाधिवेशन स्थल वरपर चहलपहल कायम राखेका छन् । महाधिवेशनले पार्टीको संगठन सुदृढीकरण र भावी रणनीतिलाई केन्द्रमा राखेको छ । मतदान सकिएपछि नयाँ नेतृत्व घोषणा हुनेछ ।
अर्थ मन्त्रालयकाअनुसार आर्थिक गतिविधि अपेक्षाअनुसार विस्तार हुन नसक्दा राजस्व संकलनमा दबाब देखिएको हो । जेन—जी आन्दोलनका कारण उद्योग धन्दामा परेको असरले राजश्व संकलनमा समेत असर परिरहेको सरकारी अधिकारीहरुले बताउँदै आएका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE