एमाले एघारौं महाधिवेसनः मतदान जारी
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा हाल मतदान जारी रहेको छ । अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलले सुरुमा मतदान गरेपछि महाधिवेशन प्रतिनिधिले मतदान गर्ने क्रम जारी रहेको हो ।
बुधबार बिहान ८ बजेदेखि शुरु हुने भनिएको मतदान डेढ घण्टा ढिलो गरी शुरु भएको छ । मतदानका लागि नेता तथा कार्यकर्ताको लामो लाइन लागेको छ । हाल एक पटकमा ५० जना प्रतिनिधिले एकैपटक मतदान गरिरहेका छन् । यसअघि मंगलबार नै मतदान गर्ने कार्यतालिका रहेता पनि प्राविधिक समस्याका कारण बुधबार मात्र मतदान भएको हो।
मंगलबार साँझ मतदाताहरू मतदान हुने आशामा लाइनमै बसे पनि राति ८ बजे बुधबार मतदान हुने भन्दै फर्काइएको थियो । देशैभरीबाट आएका २ हजार २ सय ६३ जना प्रतिनिधिले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मका पदहरूका लागि मत गर्ने भएका छन् ।
अध्यक्ष पदमा वर्तमान अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै पक्षले आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएकाले मतदान स्थल वरपर समर्थकहरूको नारा र मत माग्ने क्रियाकलापले चुनावी माहोल तातेको छ । मतदान सम्पन्न लगत्तै मतगणना शुरु हुने र परिणाम छिट्टै सार्वजनिक हुने एमालेले जनाएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE