शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

एमालेको एघारौं महाधिवेसनः लम्बियो मतदान

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको मतदान सुस्त गतिमा अघि बढिरहेको छ । लामो मतपत्र र प्यानलको सूचीलाई भिडाएर मतदान गर्नुपर्दा मतदाताहरुलाई समय लाग्दा मतदान प्रक्रिया नै सुस्त भएको हो ।

अध्यक्षका दुई प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले आआफ्नो प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन् ।

मतदाताहरु प्यानलको सूची बोकेर मतदान गर्न जाँदा ढिलाइ भएको हो । प्यानल सूचीबिना मतदान गर्न गएकाहरुले आधा घन्टाभित्रै सिध्याउने तर सूची बोकेर गएकाहरुले डेढ घन्टासम्म समय खपत गरिरहेको जनाइएको छ ।
बुधबार बेलुका सम्म करिव हजार जनाले मतदान गरिसकेका छन् । महाधिवेशनमा २हजार २ सय बढी मतदाता छन् ।

उनीहरुले ६४२ उम्मेदवारहरुबाट छानेर ३०१ पदका लागि मतदान गर्नुपर्छ । यही गतिमा मतदान हुँदा बिहिबार बिहान मात्रै मतदान सकिने आकलन गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x