रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने रिहाइ प्रक्रिया सुरु भएको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा काठमाडौंको नख्खु कारागारमा रहनु भएका लामिछानेलाई उच्च अदालतले सशर्त रिहा गर्न आदेश दिएपछि उनी हवाईजहाजमार्फत् रुपन्देही जादै छन् । सभापति लामिछानेसँगै रास्वपाका केही नेताहरु पनि रुपन्देही जान लागेका छन् ।
तर, आज रुपन्देहीको मौसममा केही खराबी देखिएसँगै हाल उनी त्रिभुवन विमानस्थलमै रहेका छन् । मौसम खुलेसँगै उनी रुपन्देही जिल्ला अदालतमा पुगेर सम्पूर्ण प्रक्रिया पूरा गरि रिहा हुनेछन् ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने गत आठ महिनादेखि थुनामा छन् । उनँले विगो बराबरको रकम धरौटी राखेर रिहा हुन पाउनुपर्ने माग गरेका थिए । सो माग बमोजिम उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न विहीबार आदेश दिएको थियो । त्यो वापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ ।
विहीबार कार्यालय समय सकिइसकेकाले शुक्रबारमात्रै उनको रिहाइको प्रक्रिया सुरु हुन लागेको हो । उनलाई भैरहवा कारागारबाट काठमाडौं सारिएको थियो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE