३० आश्विन २०८३, शुक्रबार

राष्ट्रपतिद्वारा निर्वाचन सम्बन्धी अध्यादेश जारी

0
Shares


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सम्बन्धी अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिस अनुसार शुक्रबार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका हुन् ।

सरकारले निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न बिहीबार राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।