शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द

  • 60
  •  
  •  
  •  
  •  
  •  
  •  
    60
    Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले देशको प्रधानमन्त्री भई देशको सेवा गर्ने चाहना रहेको बताएका छन् । काठमाडौंमा शनिवार आयोजित जेन–जीसँग अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

महासचिव विप्लवले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि भाग लिने र जनताले विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने चाहना भएको बताए । तर तोकिएकै समय ९फागुन २१० मा नेपालमा निर्वाचन हुनेमा उहाँले आशंका जनाए । सुशिला कार्की नेतृत्वको सरकारले निर्वाचन गर्नेकुरा कसैले नपत्याएको उनको भनाई छ ।

प्रहरी, कर्मचारीको मनोबल गिरेको, लुटिएका हतियार फिर्ता नभएको, निर्वाचनको लागि आवश्यक रकम नभएको कारण उल्लेख गर्दै उनले निर्वाचन हुनेमा शंका व्यक्त गरे। उनले सर्वपक्षिय अन्तरिम सरकार गठन गरेर अगाडी बढ्नुपर्नेमा पनि जोड दिए।

सर्वसहमतिबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने उनको भनाई । उनले जेन–जीको माग पनि प्रत्यक्ष निर्वाचित कार्यकारी नै भएको बताए ।

उनले भने, ‘नेपालमा चुनाव हुन्छ कि हुन्न, एउटा शंका छ, सबैलाई । सुशीला कार्कीको सरकारको चुनावको कुरा पनि मान्छेले पत्याईरहेका छैनन् । पुलिसहरुको हतियार कति लुटियो भन्दाखेरी लगभग १६ सय हतियार लुटियो भन्नेछ । त्यो १६ सय हतियारहरु फिर्ता भएको छैन । प्रहरी साथीहरुसँग भेट हुँदा के भन्नुहुन्छ भने, चुनाव गर्न सक्नेगरि प्रहरीको मनोबल उठेको छैन । प्रहरीहरुलाई कुटिकुटि मारियो, प्रहरीलाई कुटेर मार्दाखेरी पनि मान्छेहरु कसैले वास्ता गरेनन्, यो कुरा आईरहको छ । कर्मचारीहरुमा मनोबल छैन । पैसा छैन, आदी इत्यादी धेरै कुराहरुले गर्दाखेरि देश शान्तितिर परिवर्तनतिर नजाने हो की भन्ने चिन्ता अहिले व्यापाक रुपमा उठिरहेको छ । त्यसैले हाम्रो पार्टीले के भनेको छ भने नयाँ अन्तरिम सर्वपक्षिय सरकार बनाएर जेनजीका मागहरु सम्बोधन गरेर अनि सम्भव हुन्छ भने नेपालमा एकचोटी प्रत्यक्ष चुनावबाट राष्ट्रपति चुन्ने या सबै जनताको भोटबाट प्रधानमन्त्री चुन्ने व्यवस्थातिर जानुपर्छ भन्ने जेन–जीको पनि माग हो, हाम्रो पार्टीको पनि माग हो । यो पटक हुने चुनावमा नेकपा माओवादी पनि भिड्नेछ, त्यसमा तपाईहरुको पुस्तालाई पनि सहभागी गराउने हाम्रो चाहना छ । या चुनावमा सँगै जाने, देशभर जाने । हामीले जनतालाई अपिल गर्नेछौँ । यो देशलाई राम्रो बनाउने हाम्रो सपना छ । हामीले बन्दुक पनि बोक्यौ, जेल पनि गयौँ, किताव पनि पढ्यौँ । अहिले नयाँ उद्योगधन्दा पनि चलाउँछौँ, काम गर्छौँ । यदी नेपालका किसान, मजदुर, बद्धिजिवी, व्यापारी, मध्यम वर्गले, शहरले, गाउँले हामीलाई मौका दिनुहुन्छ भने तिमिहरु एक चोटी गरेर देखाउ न भनेर तपाईहरुले जिम्मा दिनुहुन्छ भने एकचोटी यो देशको प्रधानमन्त्री भएर, कार्यकारी प्रमुख भएर गोरु जस्तो जोतेर देशको सेवा गर्ने चाहना पनि नेकपा माओवादीको छ, यो हामी गर्छौँ ।’

विप्लवले वर्तमान सरकारले जेन–जी आन्दोलनको मागअनुसार भ्रष्टचारीलाई कारबाही अगाडी नबढाएको आरोप पनि लगाए । यो सरकारले जेन–जीका माग पूरा गर्न नसक्ने उनको भनाई छ । उनले निर्वाचनमार्फत नयाँशक्तिको उदय हुनुपर्नेमा पुरानै शक्तिहरु सलबलाउन थालेको पनि बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x