शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः पुष्पकमल दाहाल

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमडौ. । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा ९एमाले० ले निर्वाचनको तयारीमा केन्द्रित भएको टिप्पणी गरेका छन् । शनिवार काठमाडौंमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उनले बाहिर जे बोलेपनि एमालेले भित्री रुपमा निर्वाचनको तयारी गरिरहेको जिकिर गरेका हुन्।

अध्यक्ष दाहालले निर्वाचन मुलुकलाई निकास दिने सबै भन्दा सहजविकल्प भएकाले दोहोरो चरित्र नदेखाई निर्वाचनको प्रक्रियालाई अघि बढाउने काममा एकतावद्ध भएर अघि बढ्न पनि एमालेलाई आग्रह गरे। उनले नेपाली जनता निर्वाचनको तयारी अवस्थामा अघि बढी रहेको र काँग्रेसले पनि निर्वाचनमा जाने संस्थागत निर्णय गरेकाले अव निर्वाचनलाई सम्पन्न गर्ने काम नै राष्ट्रको मुख्य काम भएको बताए ।

अध्यक्ष दाहालले भने,‘अहिले घोषणा भईसकेको निर्वाचन नै सबभन्दा सहज विकल्प हो । जनता विस्तारै निर्वाचनको लागि तयार भईराखेको छ । राजनीतिक दलहरु कोही कोर्टमा गएपनि मैले बुझेसम्म नेपाली काँग्रेसले संस्थागत निर्णय निर्वाचनमा जाने गरिसकेको छ । एमाले पार्टी बाहिर जेसुकै कुरा बोलेपनि उनको भित्री तयारी निर्वाचनतिरै छ भन्ने देखिसकिएको छ । त्यसकारण डवल स्टयान्डरको कुरा नगरौ, सिंगै राष्ट्रलाई निर्वाचन प्रक्रियातिर अगाडि बढाउन सबै एकजुट होऔ । यही नै नेपालको अहिले राष्ट्रिय आवश्यक्ता बन्न गएको छ ।’

अध्यक्ष दाहालले निर्वाचन मुलुकको राष्ट्रिय आवश्यक्ता भएकाले त्यसबाट पछि हटन नमिल्ने पनि बताए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x