शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

चितवनमा रविः पुरानाले दुःख दिए, नयाँले दिँदैनौँ

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुशासनको डण्डा चलाउँदै समयमै निर्वाचन सम्पन्न गर्न आग्रह गरेका छन् । चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन्।

लामिछानेले मुलुकको भविष्यलाई सोचेर आगामी कदम चाल्नुपर्ने अवस्था रहेको बताए। भत्केका संरचना बनाउनुपर्ने, टुटेका सपना जोड्नुपर्ने आजको आवश्यकता भएको उनको भनाइ छ । पुराना राजनीतिक दलहरुले दुःख दिएपनि नयाँले नदिने उनको दाबी छ ।

उनले भने, ‘मुलुकको भविष्यलाई सोचेर हामीले कदम अघि बढाउनुपर्छ । भत्केका संरचना बनाउनुपर्नेछ । टुटेका सपनाहरुमा आवाज दिनुपर्नेछ । यसरी हामी तयार भएर बसेका छौँ । पुरानाले दुःख दिए आजका नयाँहरुले दुःख दिने छैनन् । तपाईंहरुको सबैको साथ, विश्वास र मायाका साथ मुलुकलाई नयाँ दिशामा लैजानेछौँ । आगामी चुनाव तपाईं हामी सबैको भविष्यको लागि महत्वपूर्ण छ । सुशासनको डण्डा चलाउँदै समयमै निर्वाचन गर्न आग्रह गर्दछु ।’

सभापति लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीको अनुहारमा अध्याँरो देखिरहेको भन्दै अनुहार उज्यालो पार्न आग्रह गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x