शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

निर्वाचन नभए संसद पुनस्थापना गर्नुपर्छः प्रकाशमान सिंह

  • 30
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले फागुन २१ गते निर्वाचन नभए संसद पुनःस्थापना गर्नुपर्ने बताएका छन् । शनिवार काठमाडौ निर्वाचन क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा उनले हाल ट्रयाकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै उपयुक्त माध्यम भएपनि निर्वाचन हुन नसकेमा संसद पुनस्र्थापनाको विकल्पलाई पनि खुला नै राख्नुपर्नेमा जोड दिए ।

वर्तमान सरकारले तोकिएको समयमा नै निर्वाचन गर्ने दाबी गरेपनि सुरक्षा व्यवस्थाको अवस्था हेर्दा त्यो सम्भव नरहेकों उनको भनाइ छ । उनले पार्टीको महाधिवेशनमा पनि केन्द्रित हुन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।

उनले भने, ‘चुनाव २१ गतेको छ । यहाँ सुरक्षा व्यवस्थाको अवस्था हे¥यो जस्तै आजभोलि नै के होला भन्ने खालको असुरक्षाको महशुस भइरहेको छ । सरकारले चुनाव स्वच्छ र निष्पक्ष गराउँछु उदाहरणेको छ, त्यो बोलेर मात्रै होइन, गरेर देखाउनु प¥यो । ट्रयाकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै राम्रो हो । तर कथं कदाचित विभिन्न कारणबाट निर्वाचन नभएको खण्डमा संसद पुनस्र्थापनालाई पनि खुला राख्नुपर्छ । अब हामी निर्वाचनको लागि तयार हुनुपर्छ । सँगै पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका पनि धेरै लामो छलफलपछि लागि सर्वसम्मत रुपमा आएको छ । कार्यतालिका आएको छ, अहिलेसबैले प्रश्न गर्छ, महाधिवेशन हुन्छ की हुँदैन रु उदाहरणका लागि । महाधिवेशन किन नहुने रु सर्वसम्मत रुपमा कार्यतालिका पारित भएको छ । यसको प्रक्रिया पूरा गर्नको लागि विधि पूरा गर्नुपर्छ । कसैलाई हतार भयो भन्दैमा विधि प्रक्रिया नै नपु¥याईविधि मिचेर महाधिवेशनलाई अगाडी बढाउने भन्ने चाहीँ हुँदैन । महाधिवेशन पनि एक किसिमले फागुन २१ गतेको आमनिर्वाचन जस्तै पार्टीभित्रको निर्वाचन हो । आम निर्वाचनको लागि मतदाता नामावली अपडेट गरेको हामीलाई थाहा छ नी, मतदाता नामावलीको अपडेट पुरा भएपछि न निर्वाचनको प्रक्रिया शुरु हुन्छ । नेपाली काँग्रेसको महाधिवेशन हुनको लागि पनि क्रियाशील वितरण गर्ने प्रक्रियालाई काँग्रेसको विधानअनुसार हुनुपर्छ ।’

नेता सिंहले आगामी निर्वाचनमा पार्टीले खटाएको उम्मेद्वारलाई जिताउनको लागि एकजुट भएर लाग्न पनि कार्यकर्ताहरुलाई निर्देशन दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x