महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको ११ औँ महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण नबनेको आरोप लगाएका छन् । ईश्वर पोखरेलको समूहले आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले प्रतिनिधि छनौट, बन्दसत्रदेखि निर्वाचनसम्म नै पार्टीका संचरचनाहरुको दुरुपयोग गर्ने काम भएको बताए । यसले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासमाथि प्रश्न चिन्ह खडा गरेको उनको भनाई छ । उनले आगामी दिनमा यसको थप समिक्षा गर्ने पनि बताए ।
उनले एमाले अध्यक्ष केपी ओलीले ल्याएका राम्रा पक्षहरुलाई समर्थन गर्ने र पक्षपातपूर्ण व्यवहार भएर प्रतिवाद गर्ने जानकारी दिए । आगामी निर्वाचन लगायत वाह्य प्रतिष्पर्धामा भने एकजुट हुने उनको भनाइ छ ।
उनले भने, ‘लोकतान्त्रिक प्रतिस्पर्धामा हामी सामेल भयौँ । यद्यपि त्यो लोकतान्त्रिक प्रतिष्पर्धा कति स्वस्थ भयो रु कति मयार्दित भयो रु त्यो सबैले देखेकै छ । प्रतिनिधि छनौटदेखि बन्दसत्र सञ्चालनभित्र भएका थुप्रै क्रियाकलापहरुले हाम्रो पार्टीको लोकतान्त्रिक अभ्यासमाथि पनि गम्भिर प्रश्नहरु उठाएको छ । पार्टी संरचनाहरुको दुरुपयोग गरिएको छ । संगठन विभाग लगायतका निकायहरुको दुरुपयोगबाट पार्टीको आन्तरिक लोकतन्त्रलाई अस्वस्थ बनाउने कोशिस भयो, त्यसप्रति हामीले चिन्ता व्यक्त गरेका छौँ । जे सुकै भएपनि यसको समिक्षा आगामी दिनमा हुँदै जाला । पार्टीको केन्द्रिय कमिटिको बैठक छ, २६, २७ र २८ गते त्यहाँ पनि हामीले यसको समिक्षा गर्ने नै छौँ । तर एउटा लोकतान्त्रिक अभ्यासमा भाग लिईसकेको हुनाले यसको परिणामलाई हामीले सहज रुपमा स्वीकार्छौं । आजको भेलाबाट केपी ओलीलाई पार्टी अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिएका छौँ । उहाँले ल्याउने सकारात्मक प्रश्तावलाई हामीले सर्मथन गर्दछौँ । यदी पार्टी एकतालाई खण्डित गर्ने, पार्टीभित्र पक्षपात गर्ने, पार्टीभित्र गुटबन्दी, विभाजन गर्ने, पार्टीभित्र काखा र पाखा गर्ने प्रश्तावहरु आएभने हामी त्यसको प्रतिवाद गर्छौं । र पार्टीलाई आगामी निर्वाचन लगायतका वाह्य प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न हामी हरदम पार्टीको पक्षमा खडा हुनेछौँ । पार्टीभित्र हामी कुनै अराजनितिक वार्गेनिङ गर्दैनौँ । तर राजनितिक मुद्दामा हामी सधै पार्टीभित्रको आन्तरिक संघर्षमा सामेल हुन्छोँ । यतिबेला विभाजन होईन र आत्मसमर्पन पनि होईन, निरन्तर सर्घष हाम्रो लाईन हुनेछ ।’
उपमहासचिव भट्टराइले अध्यक्ष केपी ओलीको व्यवहारमा कुनै परिवर्तन नआएको उल्लेख गर्नुहुँदै सामुहिक निर्णय र नेतृत्व हस्तान्तरणको एजेण्डा भने उठाइरहने बताए । उनले पार्टीभित्र अपमान हुनेगरी कसैको मानमर्दन गरेमा प्रतिवाद गर्ने चेतावनी पनि दिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE