शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

मिराज ढुंगाना नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा

काठमाडौं । मिराज ढुंगाना समूहले प्रदर्शन गर्ने घोषणा गरेपछि माइतीघरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आज माइतीघरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

ढुंगाना समूहले आजदेखि देशव्यापी रुपमा आन्दोलन गर्ने घोषणा गरेको छ । सो समूहले जेनजी आन्दोलनलाई धोका दिइएको भन्दै आइतबार पत्रकार सम्मेलन गरि सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले भने ढुङ्गाना नेतृत्वको जेनजी समूहलाई आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नदिने भएको छ । आन्दोलनको घोषणा गर्दै अनुमतिका निम्ति प्रशासनमा पुगेका उक्त समुहलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नदिएको हो ।

जेनजीका फरक–फरक समूहले आन्दोलन गर्न पाउनुपर्ने भन्दै अनुमतिका निम्ति पत्र बुझाए पनि आफूहरूले अनुमति नदिने बताएको जनाइएको छ ।

ढुङ्गाना समूहले आइतबार आन्दोलन घोषणा गरेर सोमबार अनुमतिका लागि प्रशासनमा पुगेको थियो । ढुङ्गानाले गरी खान देऊ अभियान चलाउँछन् । जेनजी समूहको विरोध प्रदर्शन आज बिहान ११ बजेदेखि माइतीघरमा हुने भनिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x