शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

मिराज ढुंगाना नेतृत्वको जेन–जी टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरसहित)

काठमौं । जेन–जी आन्दोलनका अभियन्ता मिराज ढुंगाना नेतृत्वको समूहले विरोध प्रदर्शन गरेको छ । सोमवार बिहान काठमाडौंको माईतीघर मण्डलामा भेला भएका उनीहरुले सरकारको विरोध गर्दै प्रदर्शन गरेका हुन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेन–जी आन्दोलनको मर्म र युवा पुस्ताको भावनालाई आत्मसात गर्न नसकेको भन्दै उनीहरूले १० बुँदे मागसहित सडकमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनसँगै माईतीघर क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सुरक्षा व्यवस्था मजबुत पारिए पनि प्रदर्शनरत केही जेन–जीहरुलाई प्रहरीले पक्राउ गरेको छ । ढुंगानाले सरकारले आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दा खारेज गर्नुपर्ने, भ्रष्टाचार निर्मूल आयोग गठन गर्नुपर्ने र सर्वपक्षीय सरकार गठन गर्नुपर्ने लगायत माग अघि सार्दै आईतवार आन्दोलनको घोषणा गरेका थिए । जेन–जी समूहले जेन–जी आन्दोलनलाई ‘धोका’ दिइएको भन्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

यसअघि पनि ढुंगाना नेतृत्वको समूहले सिंहदरबारअगाडि प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको थियो । सरकारले भने प्रदर्शनलाई शान्तिपूर्ण राख्न सुरक्षा शतर्कता अपनाएको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x