राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिने बताएको छ ।
सोमवार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा बोल्दै सो पार्टीका नेता राजेन्द्र गुरुङले राजा, राजनीतिक दल र जेनजी पुस्ताबीचको नयाँ समझदारीबाट मात्रै हुने निर्वाचनले मुलुकलाई निकास दिने बताएका हुन। उनले निषेधको राजनीतिले मुलुकलाई अघि बढाउनसक्ने अवस्था नभएकाले पनि आफ्नो पार्टीले मुख्य शक्तिहरुबीचको नयाँ समझदारीबाट मुलुकलाई अघि बढाउनेगरी सो मार्गचित्र प्रश्तुत गरेको समेत बताए ।
नेता गुरुङले भने ,‘मुलुकलाई नविन समझदारीमार्फत निकास दिनेतर्फ हामीहरु अगाडि बढौं । यो शंका, उपशंका सबैलाई समाप्त पारेर अघि केही साथीहरुले भनिसक्नु भयो । निषेधको राजनीतिलाई त्यागौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रस्तुत गरेको जुन मार्गचित्र छ । राजा, राजनीतिक दल र जेनजी पुस्ताका बीचमा एउटा नविन समझदारी गरेर अनि चुनावलाई सुनिश्चित गरौँ । यसो गरेर देशलाई निकास दिनुपर्छ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको आग्रह, अनुरोध हो ।’
नेता गुरुङले जेन–जी पुस्ताको मागलाई पूरा गराउन पनि राजा, राजनीतिक दल र उनीहरुबीच नयाँ समझदारी आवश्यक रहेको जिकिर समेत गरेका छन्।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE