३० आश्विन २०८३, शुक्रबार

ओलीले आफूलाई लगाएको गुन तिर्न अदालतमा आएकाे छु: सभापति लामिछाने

0
Shares


काठमाडौं। विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने पहिलो तारेख लिन सोमबार बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् ।

तारेख बुझ्न जिल्ला अदालत काठमाडौंमा हाजिर हुने क्रममा उनले सञ्चारकर्मीसँगको छोटो कुराकानी गरे ।त्यस क्रमममा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएको गुन तिर्न अदालतमा हाजिर भएको बताएका छन् ।उनले भने ‘गुण लगाइदिनुभएको छ नि केपी ओलीजीले, त्यही तिर्न आइरहेको छु। सबै जिल्ला अदालतमा जानुपर्ने छ’, उनले भने, ‘जिउभरी ठाउँ(ठाउँमा किला ठोकेको जस्तो भएको छ। सात दिनभित्र सबै अदालत हाजिर हुनुपर्नेछ।’

उनले शरीरमा विष अझै बाँकी रहेको बताए । उक्त विष झार्दै अघि बढ्न आफू तयार रहेको पनि बताएका छन् ।एमाले अध्यक्ष ओलीले आइतबार मात्रै एक टेलिभिजन अन्तर्वार्ताका क्रममा रविलाई कयौँ गुण लगाए पनि अहिले आफैंलाई विरोध गर्दै हिँडेकोमा आश्चर्य व्यक्त गरेका थिए ।

सभापति लामिछाने केही दिन अघि मात्रै उच्च अदालत तुलसीपुरको आदेशमा नख्खु कारागारबाट रिहा भएका थिए।